जङ्गली जनावर मारेको अभियोगमा दुई जना पक्राउ

डिसी नेपाल
१३ वैशाख २०७७ २०:२६

मेलम्ची । जङ्गली जनावर मारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ लुङगुर्पाका हीराबहादुर गुरुङ र टपिन्द्रबहादुर गुरुङलाई जंगली जनावरको मासु र दुई थान भरुवा बन्दूकसमेत शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबीसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुका घरमा खानतलासी गर्दा मृग वा मृग जस्तै जंगली जनावरको मासु सुकाइराखिएको अवस्थामा फेला परेको र अनुसन्धानका लागि अभियुक्तलाई बाह्रबीसेको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *