कोरोना संक्रमितको हेरचाह गर्ने रोबोट नेपालमै बन्यो, आज अस्पताललाई हस्तान्तरण गरिँदै

डिसी नेपाल
१४ वैशाख २०७७ १०:१५

काठमाडौं। कोरोना संक्रमितको हेरचाह गर्ने रोबोट नेपालमै बनेको छ । राष्ट्रिय आविष्कार केन्द्रले यो रोबोट तयार पारेको हो । आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले यो रोबोट आज कोरोना विशेष अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिएका छन् । पुनले आफ्नो फेसबुकमा रोबोटको भिडियो पोस्ट गर्दै यो रोबोट आज नेपाली सेनाको कोरोना विशेष अस्पतालमा पठाइने जानकारी दिएका हुन् ।

उक्त रोबोटले कोरोना संक्रमित बिरामीलाई खाना, पानी, औषधी लगायत सामग्री पुर्याउने काम गर्ने र यसको प्रयोगबाट बिरामीको सेवामा कटिने नर्सहरु संक्रमणबाट सुरक्षित रहने उनले लेखेका छन् । स्वास्थकर्मीको सुरक्षाका लागि प्रभावकारी रहने बताइएको यो रोबोट बनाउनका लागि आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन समय लागेको पुनले बताएका छन् । पुनका अनुसार रोबोटमा प्रयोग गरिएको ट्रली नेपाली सेनाले नै दिएको हो र यसलाई तयार गर्न अन्य खर्च मोटामोटी ७५ हजार रुपैयाँ लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *