र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी वीरगन्जकी युवतीको मृत्यु

डिसी नेपाल
१४ वैशाख २०७७ ११:५५

काठमाडौँ । वीरगन्जमा आरडिटी टेस्ट (र्‍यापिड टेस्ट) मा पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।

लगातार तीन पटकसम्म आरडिसी टेस्ट गर्दा रिर्पोट पोजेटिभ देखिएकी वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान १ बजेतिर मृत्यु भएको हो।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

ब्लड क्यान्सरबाट ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियाे ।

र्‍यापिड टेस्टमा कोरोना देखिएपछि स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ।

यसको रिर्पोट आउन भने बाँकी छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *