अचम्मको विश्व क्रिकेट किर्तीमानहरु, जुन कहिल्यै तोडिने छैनन

डिसी नेपाल
१४ वैशाख २०७७ १४:०७

काठमाडौं । खेलहरूको किर्तीमानको बारेमा प्रायः भनिन्छ कि किर्तीमानहरु बनाइन्छन् किनकि ति किर्तीमानहरु कहिले पनि तोडिने छैनन्। यही कुरा क्रिकेट खेलमा पनि लागू हुन्छ। क्रिकेटमा धेरै यस्ता रेकर्डहरू छन् जुन प्रायः भनिन्छ कि कसैले पनि यस प्रकारको रेकर्ड तोड्न सक्षम हुने छैनन्। उदाहरणको लागि सचिन तेन्दुलकरले केहि वर्ष पहिले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अनौंठो सय शतकको उदाहरण लिनुहोस्। कसैले पनि सोचेको थिएन कि कोही पनि यो किर्तीमानको नजिक आउन सक्छन, तर ६ बर्ष पछि अहिले आएर विराट कोहलीको लागि यो किर्तीमान तोड्नु औपचारिकता मात्र देखिन्छ।

त्यस बावजुद क्रिकेटमा यस्ता केही अचम्मका किर्तीमानहरु छन् जुन एक शताब्दी भन्दा बढि देखी सबैको पहुँचबाट बाहिर छ। यस्तो देखिन्छ कि भविष्यमा पनि सायद कसैले ति किर्तीमानहरु लाई चुनौती दिन सक्छन होला ।

१. ४९ बर्षको उमेरमा टेस्टमा डेब्यु : हो, अहिलेको समयमा यो किर्तीमान बनाउन असम्भव जस्तो देखिन्छ । यदि कुनै एक खेलाडी ४५ बर्ष सम्म प्रथम श्रेणी क्रिकेटमा सक्रिय छैन भने उसले ४९ बर्षको उमेरमा कसरी टेस्ट डेब्यु गर्न सक्छ ? जब इङल्यान्ड र अष्ट्रेलियाले पहिलो पटक सन् १८७७ मा टेस्ट क्रिकेट खेल्यो, त्यो खेलमा एक अंग्रेजी खेलाडीको उमेर ४९ बर्ष ११९ दिन थियो। पछिल्ला ३० बर्षको आकडा हेर्दा दक्षिण अफ्रिकाका ओमर हेनरीले ४० वर्षको उमेरमा पहिलो टेस्ट खेलेका थिए र जसको कारण थियो दक्षिण अफ्रिका धेरै दशक पछि टेस्ट क्रिकेटमा फर्किनु ।

२. ३० बर्षको टेस्ट क्रिकेट करियर : सचिन तेन्दुलकरले किशोरा अवस्थामा टेस्ट डेब्यू गरेका थिए र उनले ४० वर्षको उमेरसम्म टेस्ट खेले तर पनि उनको क्रिकेट करियर २४ वर्षसम्म मात्र रह्यो। जब तेन्दुलकरले विलफ्रेड रोड्सको ३० बर्षे टेस्ट करियरको किर्तीमान तोड्न सकेनन भने अरू कोही खेलाडीले के सक्छन होला ? ५८ टेस्ट खेल्ने रोड्सले आफ्नो करियरको अन्तिम खेल खेल्दा उनी ५३ बर्षको उमेरका थिए, जुन किर्तीमान आधुनिक समयमा तोडने कसैले पनि हिम्मत गर्न सक्दैन जस्तो देखिन्छ । यसको कारण यो हो कि अहिलेको टि २० क्रिकेट युगमा टेस्ट क्रिकेट धेरै कम हुँदै गइरहेका छन् र यदि खेलाडीहरू अहिले क्रिकेटको कुनै एक फरम्याट बाट सन्यास लिन चाहन्छन भने पहिलो रोजाईमा टेस्ट क्रिकेटनै पर्ने गर्छ ।

३. एकै टेस्टमा डबल ह्रयाट्रिक : टेस्ट क्रिकेटमा ह्याट्रिक लिनु कत्ति गाह्रो छ? हालसम्म ४४ बलरहरूले मात्र यो अद्भुत उपलब्धि हात पारेका छन्। अष्ट्रेलियाका एच ट्रम्बलले टेस्ट क्रिकेटमा २ पटक ह्याट्रिक लिएका छन। यो मामलामा पाकिस्तानका वासिम अकरम झन एक कदम अगाडी छन, उनले लगातार दुई टेस्टमा ह्याट्रिक लिएका छन। तर अष्ट्रेलियाका टि.जे. म्याथुमले टेस्ट क्रिकेटको एकै खेलमा दुई पटक ह्रयाट्रिक लिएका छन, जुन आफैमा एउटा अचम्मको रेकर्ड हो, तर त्यो भन्दा पनि उनको ह्याट्रिक भने दुई फरक इनिङमा थियो तर किर्तीमान एकै दिनमा बनेको थियो । अब तपाईंनै भन्नुहोस यस्तो संयोग अब फेरी विश्व क्रिकेटमा देख्न पाईन्छ होला ?

४. एकै टेस्टमा १९ विकेट : अनिल कुम्बलले जिम लेकरको एकै इनिङमा १० विकेट लिने रेकर्डको बराबरी गरे, तर पुरै खेलमा १९ विकेट लिने जिम लेकरको किर्तीमान तोडन सकेनन। टेस्ट क्रिकेट धेरै टाढाको कुरा हो, प्रथम श्रेणीको क्रिकेटमा पनि १८ विकेट लिने काम लगभग ६ दशक अघि भएको थियो । त्यसोभए के तपाइँ आशा गर्न सक्नुहुन्छ कि हाम्रो जीवनकालमा कसले पनि टेस्ट क्रिकेटमा जिम लेकरको यो रेकर्ड तोडन सक्छन होला ?

५. टेस्ट क्रिकेटमा ब्राडम्यानको सर्वाधिक रनको किर्तीमान : डन ब्राडम्यानको अर्थ ९९.९४ को एक अद्भुत टेस्ट क्रिकेटको औसत हो, जुन सायद कसैले टुटाउन सक्छन होला। तर हामी यो रेकर्डको बारेमा छलफल नगरी त्यो रेकर्डको बारेमा चर्चा गर्नेछौ जुन केही ब्यक्तिहरु लाई मात्र थाहा छ। सन १९३० मा एशेज श्रृंखला अन्र्तगत ब्राडम्यानले ९७४ रन बनाएका थिए, जुन किर्तीमानको नजिक कोहीपनि पुगेका छैनन। त्यसबेला देखि अहिले सम्म ब्याट्सम्यानले एकै श्रृंखलामा ८०० भन्दा बढी रन बनाएका छन, जसमध्ये ब्र्याडम्यान आफैले पनि दुई पटक यो कार्य गरेका थिए, तर उनले पनि आफ्नो रेकर्ड तोड्न सकेनन । पछिल्लो समय १९८९ मा मार्क टेलरले एकै खेलमा ८३९ रनको आकडा पार गरेका थिए । पहिलो कुरा यो हो कि अब ५ खेलको टेस्ट श्रृंखला लगभग समाप्त भइसकेको छ र यस तरीकाले यो रेकर्ड तोड्नु भनेको अर्जुनले माछाको आँखामा बाण हान्नु जस्तै हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *