सांसद यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी

डिसी नेपाल
१४ वैशाख २०७७ १५:३३

काठमाडौं। जनता समाजवादी पार्टीले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका छन् । पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिइएको हो ।

तत्कालीन समाजवादी पार्टीका महासचिव केशव झाले फेसबुकमा आफ्ना नेताहरुसहित महानगरीय प्रहरी परिसर टेकुमा पुगेको फोटो फेसबुकमा पोस्ट गर्दै आफूहरु जाहेरी दिन परिसर गएको जानकारी दिएका छन् । अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भइसकेको छ । तस्वीरमा तत्कालीन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेतृ हिसिला यमी लगायतका नेताहरु देखिन्छन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए । पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् । समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *