डेढ घण्टासम्म प्रहरीले जाहेरी नलिएपछि…
काठमाडौं। जनता समाजवादी पार्टीले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी दिन गए पछि महानगरीय प्रहरी परिसर टेकु जाहेरी लिन नमानेको बताएको छ ।
जनता समाजवादी पार्टीका महासचिव केशव झा ले डेढ घण्टादेखि कुरेर बसेको तर प्रहरीले जाहेरी लिन नमानेको बताएका छन् ।
महासचिव केशव झा ले भने, ‘ऐनमा जाहेरी लिने भन्ने प्रष्ट व्यवस्था भए पनि डेढ घण्टा भै सक्यो अझै लिएको छैन।एसएसपी हामी आउने थाहा पाएपछि अफिसबाट बाहिर गएका छन।अझै आएका छैनन् ।आउदै भनेर हामीलाई कुराएका छन।हेरौ के हुन्छ?’
पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन लागिएको हो ।
अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भइसकेको छ । जाहेरी दिनका लागि तत्कालीन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेतृ हिसिला यमी लगायतका नेताहरु टेकु पुगेका हुन्।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए । पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् ।
समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।
hait kahile samma yesto garaula bhanner sochyo hola Oli le