राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्ध

डिसी नेपाल
१४ वैशाख २०७७ १७:५६

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर महानगरपालिकामार्फत वितरण गर्ने गरी प्रमुख भीम पराजुलीलाई विद्यालयका प्राधानाध्यापक तुलसी दुलालले ९२ बोरा चामल उपलब्ध गराएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।

विद्यालयका शिक्षक, तहगत रुपमा रहेका कर्मचारी तथा विद्यालय कोषबाट समेत रकम सङ्कलन गरी राहत जुटाएको प्रधानाध्यापक दुलालले जानकारी दिए । गरिब, विपन्न र रोजगार गुमाएका परिवारलाई जीविकोपार्जन गर्न राहत जुटाएको बताएको छ । पहिलो चरणमा विराटनगर महानगरपालिकाले नगर क्षेत्रका ३० हजार परिवारमा राहत वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत वितरणमा प्रदेश सरकार र सङ्घीय सरकारले राहत प्याकेज उपलब्ध गराउनु पर्ने विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *