नेपाल राष्ट्र बैंकको ६५ औं बार्षिकोत्सवः निजी क्षेत्रलाई चालुपुँजीका लागि कर्जा दिने
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट बढी प्रभावित नीजी क्षेत्रलाई चालू पुँजीका लागि कर्जाको व्यवस्थापन गर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा गभर्नर अधिकारीले बढी प्रभावित भएका क्षेत्रलाई चालुपुँजी उपलव्ध गराउने र पुनकर्जाको सिमा बढाउन सकिने बताएका हुन् ।
त्यसैगरी, कोभिड १९ बाट प्रत्यक्ष प्रभावितहरुको लागि पुनकर्जाको सिमा विस्तारै बृद्धि गर्ने पनि बताएका छन् । सरकारले पुनकर्जाको सिमा चालु आर्थिक बर्षको मौद्रिक नीतिमा ३० अर्ब राखेपनि कोभिड १९ का कारण लकडाउन हुदा देशको अर्थतन्त्रमा असर परेको भन्दै राहत स्वरुप पुनकर्जाको सिमा दोव्वर बनाइ ६० करोड बनाएको थियो । गभर्नर अधिकारीले सो सिमालाई अझै बढाउदै लैजान जानकारी दिए ।
त्यस्तै, उनले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने, साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम गरी पुनरकर्जा प्रबाह गर्न पुनरकर्जा कार्यविधि पनि संंशोधन गर्ने जानकारी दिए ।
त्यस्तै बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने,कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्ने र लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गरिने पनि उनले जानकारी दिएका हुन् ।
नोवेल कोरोना भाइरसका कारण राष्ट्र बैंकले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन भने पाएन ।
Facebook Comment