सिरी ए फुटबल लिग खेल्ने क्लवहरुलाई प्रशिक्षण शुरु गर्न अनुमति

डिसी नेपाल
१५ वैशाख २०७७ १२:५७

काठमाडौं । कोरोना भाइरस बाट निकै आक्रान्त बनेको इटलीमा घरेलु लिग सिरी ए फुटबल लिग खेल्ने क्लवहरुलाई प्रशिक्षण शुरु गर्न अनुमति दिइएको छ ।

त्यहाँका प्रधानमन्त्रीले लकडाउनको व्यवस्थालाई केहि खुकुलो बनाउने घोषणा गरेसंगै फुटबल क्लवले प्रशिक्षण शुरु गर्ने तयारी पनि गरेका छन् । प्रधानमन्त्रीले अर्को साताबाट खुकुलो पार्न लाग्नुभएको लकडाउन सम्वन्धि व्यवस्थामा खेलकुद क्लवहरुलाई सामाजिक दूरी कायम राख्दै एक्लाएक्लै प्रशिक्षण गर्न अनुमति दिइएको छ ।

प्रशिक्षणको अनुमति पाएसंगै क्लवहरुले आफ्ना खेलाडीहरुलाई तयार रहन भनिसकेका छन् । क्लवहरुलाई आगामि मे महिनाको १८ तारिखबाट भने समूहगत प्रशिक्षणका लागि पनि अनुमति दिइने जनाइएको छ ।

कोरोनाको महामारी संगै स्थगित भएको सिरी ए लिग फुटबल प्रतियोगिता खेलाउने बारेमा कुनै निर्णय नभएपनि मे महिनाको २७ देखि जुनको २ तारिखमा शुरु गरेर अगस्टमा सक्ने गरी हुनसक्ने अनुमान गरिएको छ ।

यस अघि आइतवार मात्रै इङ्गलिश प्रीमियर लिग क्लब आर्सनलले सरकारको कोरोनाभाइरस नियम अनुरूप अर्को हप्तादेखि व्यक्तिगत रूपमा प्रशिक्षण र ब्यायामका लागि खेलाडीहरुलाई बोलाएको छ ।

विश्वभर यसबर्षका लागि तय भएका धेरै प्रमुख खेल गतिविधीहरु कोरोनाका कारण पर सारिएका छन् भने केही स्थगित गरिएका छन् ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *