श्रीलंकामा रोकिएका १२ पाकिस्तानी क्रिकेटरहरू घर फर्कने प्रतीक्षामा
![श्रीलंकामा रोकिएका १२ पाकिस्तानी क्रिकेटरहरू घर फर्कने प्रतीक्षामा](https://www.dcnepal.com/wp-content/uploads/2020/04/f0d3a-15879738094102-800.jpg)
काठमाडौं । पाकिस्तानका प्रथम श्रेणीका १२ क्रिकेटर सहित तीन टेनिस खेलाडीहरू आफ्नो जन्मभूमि फर्कने प्रतीक्षा गरिरहेका छन । कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध भएपछि ती खेलाडीहरु श्रीलंकामै रोकिएका छन्।
कोरोना महामारीको कारण अहिले विश्वभरका खेल गतिविधिहरू ठप्प छ। यो समय पाकिस्तानी खेलाडीहरूका लागि पनि चुनौतीपूर्ण छ। प्रथम श्रेणीका प्रख्यात खेलाडी अजहर अटारी पनि अहिले कोलम्बोमा फसेका छन् र उनी घर फर्कने बाटो कुरिरहेका छन्। अजहरले भने “उनी ११ अन्य खेलाडीहरु संगै गत डिसेम्बरमा केहि प्रथम श्रेणी र एकदिवसीय खेलहरु खेल्न श्रीलंका आएका थिए।”
अर्का क्रिकेटर आबिद हसनले भने “उनी पाकिस्तान उच्च आयोग सँग सम्पर्कमा छन् र चार्टर्ड प्लेनबाट आफ्नै खर्चमा घर जान तयार छन्। किनभने अहिले आएर उनीहरू संग भएको पैसा पनि सकिदै गएको छ। केही समय अगाडी यहाँ लकडाउनमा छुट थियो, तर यो कोरोना भाइरस संक्रमण बढेपछि फेरी लकडाउन कडा गरिएको छ ।”
आबिदले भने “केही घरेलु क्लबले उनलाई मद्दत गरेका छन, जसका कारण उसले उनले बस्नको लागि ठाउँ पाए, तर यस बाहेक उनले आफ्नो बाँकी खर्च आफैउठाउनु परिरहेको छ। जसकारण उनीहरुको पैसा सकिदै गएको छ र उनीहरू सकेसम्म चाँडो घर फर्कन चाहन्छन्।”
Facebook Comment