पाकिस्तानी क्रिकेट खेलाडी उमर अकमललाई ३ वर्षको प्रतिबन्ध
एजेन्सी । पाकिस्तानी विकेट किपर तथा ब्याट्स्म्यान उमर अकमल ३ वर्षको प्रतिबन्धमा परेका छन।
विभिन्न कारणले बेला बेलामा विवादमा आईरहने अकमललाई पाकिस्तान क्रिकेट बोर्डले नियम विपरित भ्रष्टाचार सम्बन्धि काममा संलग्न रहेको भन्दै सोमबार ३ वर्षको प्रतिबन्ध लगाएको हो।
उनलाई पिसिबि एन्टी करप्सन कोड २.४.४ अन्तर्गत निलम्बित गरिएको हो। उक्त कोड उल्लंघन गर्ने खेलाडीमाथि कम्तीमा ६ महिना तथा बढीमा जीवनभर प्रतिबन्ध लगाउन सकिने व्यवस्था रहेको छ।
Umar Akmal handed three-year ban from all cricket by Chairman of the Disciplinary Panel Mr Justice (retired) Fazal-e-Miran Chauhan.
— PCB Media (@TheRealPCBMedia) April 27, 2020
यसअघि बोर्डले उनलाई अनुसन्धान नसकिने बेलासम्म प्रतिबन्ध लगाएको थियो। जसका कारण उनले पाकिस्तान सुपर लिग पनि खेल्न पाएका थिएनन्। यो प्रतिबन्ध पछि अकमल ३ वर्षसम्म क्रिकेट सम्बन्धी कुनैपनी गतिबिधि हरुमा भाग लिन पाउने छैनन।
Facebook Comment