लकडाउनले रोकियो पुल उद्घाटन

डिसी नेपाल
१५ वैशाख २०७७ १७:५२

तनहुँ । पुल निर्माण सम्पन्न भइसके पनि एक पुलको लकडाउनका कारण उद्घाटन रोकिएको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगर र गोरखाको पालुङटार नगरपालिका–७ कुमालटारी जोड्ने गरी मस्र्याङ्दी नदीमाथि निर्माण गरिएको मोटरेवल पुल रुचौध करोड ८० लाखको लागतमा सपना निर्माण सेवा हेटौँडाले बनाएको निर्माण सेवाका सञ्चालक हरिप्रसाद ढकालले बताए ।

करीब एक सय मीटर लम्बाइ रहेको उक्त पुलका चार पिलर निर्माण गरिएको छ । विसं २०७४ मा सम्झौता गरी यही वैशाख पहिलो हप्तामा सम्पन्न गरी उद्घाटन गर्ने कार्यक्रम थियो । पुल उद्घाटन गरी आवतजावत सहज गर्ने योजना रहे पनि लकडाउनका कारण रोकिएको मस्र्याङ्दी पुल संरक्षण समितिका संयोजक लालकुमार श्रेष्ठले जानकारी दिए। उक्त पुलबाट तनहुँ, गोरखा र लमजुङ जिल्लाका हजारौँ मानिस प्रत्यक्ष लाभान्वित हुने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *