प्रधानमन्त्रीलाई बाबुराम भट्टराईले ‘भष्मासुर’ भनेपछि… (अडियाेसहित)

डिसी नेपाल
१५ वैशाख २०७७ १९:३५

काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालमा दिएको एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियोले माफी मागेको छ ।

सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो नेपालले माफी मागेको हो ।

रेडियो प्रसार विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार एक विज्ञप्ती जारी गरेर क्षमा मागेका हुन् । विज्ञप्तिमा भनिएको छ ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ।’

सो कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन नसकिएको पनि विज्ञप्तिमा जनाइएको छ। यस्तै कार्कीले आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत भनेका छन् । ‘अन्तरसम्वाद’ रेडियो नेपालमा दैनिक प्रसारण हुने कार्यक्रम हो ।

डा. भट्टराईसँग समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले सोमबार बिहान अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर ‘भष्मासुर’, ‘अपहरणकारी’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेका थिए ।

सुन्नुहाेस् अडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *