न्युजिल्याण्डमा क्रमशः कामलाई निरन्तरता दिइँदै
वेलिङटन । न्युजिल्याण्डले सोमबार मध्यरातदेखि लागू हुनेगरी बन्दाबन्दीलाई खुलुको पार्ने बताएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या थप पाँच जना देखिएकै दिन सोमबारदेखि लकडाउन खुकुलो पारिएको हो ।
प्रधानमन्त्री जकिन्दा अर्डेनले कोरोनाभाइरसको खतरा कम हुदै गएकाले आर्थिक गम्भीरता र मानवीय सम्वेदनशिलतालाई ध्यान दिँदै लकडाउन खुकुलो पार्न लागिएको बताइन् ।
सोमबारको मध्यरातदेखि केही व्यापारीक केन्द्रहरु, निर्माण कार्यहरुलाई खुल्ला गरिने निर्णय सरकारले गरेको छ । तर सामाजिक दुरी कायम गर्ने निमय भने अहिले पनि लागु गर्नुपर्ने सरकारले स्पष्ट पारेको छ ।
प्रतिक्रिया
Facebook Comment