पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर घर फर्किए अहिलेसम्मकै धेरै संक्रमित (तालिका)

डिसी नेपाल
१६ वैशाख २०७७ ८:१२

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित मध्ये पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित उपचारपछि घर फर्किएका छन् । विश्वभरका संक्रमित मध्ये २४ घण्टामा ४४ हजार ९७६ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् । कोरोना निको भएर घर फर्किनेको संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि आइतबार ४२ हजार २०४ तथा शनिबार ३८ हजार २४१ संक्रमित निको भएर घर फर्किएका थिए ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३० लाख ६४ हजार २२५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये ९ लाख २२ हजार ३८७ जना उपचारपछि घर फर्किएका छन् । संक्रमित मध्ये २ लाख ११ हजार ५३७ जनाको ज्यान गएको छ।

विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा केही घटेको छ । र, उपचारपछि घर फर्किनेको संख्या पनि बढ्दै गएको छ।

विश्वमै सबैभन्दा धेरै मानिस संक्रमित भएको संयुक्त राज्य अमेरिकामा हालसम्म १ लाख ३८ हजार ९९० जना संक्रमित उपचारपछि घर फर्किएका छन् । अमेरिकामा संक्रमितको संख्या १० लाख १० हजार ३५६ रहेको छ। २ लाख २९ हजार ४२२ जना संक्रमित रहेको स्पेनमा १ लाख २० हजार ८३२ संक्रमितको उपचार सफल भएको छ ।

यस्तै, कोरोनाको उद्गमस्थल चीनमा ७७ हजार ४७४, इटली ६६ हजार ६२४, फ्रान्स ४५ हजार ५१३, जर्मनीमा १ लाख १४ हजार ५००, टर्की ३३ हजार ७९१, इरान ७० हजार ९३३ र ब्राजिल ३१ हजार १४२ संक्रमित उपचारपछि घर फर्किएका छन् । अन्य देशको विवरतण तलको तालिकामा उल्लेख छ ।

नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये १६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । अन्य संक्रमिको अवस्था समान्य रहेको र देशका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ। सोमबारसम्म नेपालमा र्‍यापिड र पिसिआर दुई विधिबाट ५१ हजार ३६७ जनाको कोरोना परीक्षण भएको छ।

यस्तो २१० २१० देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *