नेपाली समाज अमेरिकाद्वारा पार्टी एकिकरणको स्वागत, सरकारी अध्यादेशप्रति खेद व्यक्त

न्युयोर्क, अमेरिका । नेपाली समाज, अमेरिकाले हालै नेपालमा घटेको राजनीतिक घटनाक्रमको सन्दर्भमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भै जनता समाजवादी पार्टी बनेकोमा स्वागत गरेको छ।
तत्कालिन समाजवादी पार्टी निकट प्रवास संगठन नेपाली समाज अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै अब आउने बाँकी दिनहरुमा पद र सत्ताको स्वार्थमा नलागी निस्वार्थ रुपले मुलुकमा थाँती रहेको संविधान शंसोधन, समावेशिता लगाएत देशको समृद्धिका लागी कटिवद्द रहन भन्दै नेताहरुलाई शुभकामना समते दिएको छ ।
समाजले सरकारले पार्टी फुटाउन अध्यादेश ल्याउने र तत्कालिन पार्टीका सांसदहरु अपहरण गर्ने सरकारको क्रियाकलाप प्रति खेद् व्यक्त गरेको छ ।
उक्त बिज्ञप्ति मा भनिएको छ, सम्पूर्ण विश्व कोरोना (कोविड (१९) को संक्रमणबाट गुज्री रहेको समय र नेपालकै सन्दर्भमा पनी मुलुक लक् डाउनले ठप्प रहेको, जनताले सास्ती खेपी रहेको अवस्थामा आफ्नो अभिस्ट पुरा गर्न अध्यादेश ल्याउने र तत्कालीन समाजवादी पार्टीलाई विभाजन गर्न उद्दत रहेको प्रधानमन्त्री के पी ओलीको घृणित कार्यको घोर भर्त्सना गर्दछौं रउक्त कार्यको लागी समाजवादी पार्टीको सांसद हरुलाई प्रलोभनमा पार्ने गुण्डागर्दी शैलीमा अपहरण गरी होटलमा जवर्जस्ती शरीर बन्धक बनाउने लगाएतका आपराधिक कार्यमा संलग्न सत्तारुढ दलका सांसदहरु महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ र पुर्व आइ जी पी सर्वेन्द्र खनालहरु लाई तुरुन्त कारवाई होस् भन्ने जोडदार माग गर्दछौँ ।
त्यसरी नै कीर्तिपुरमा राहत वितरण गर्दा समाजवादी बिद्यार्थी युनियन सम्बद्द बिद्यार्थीहरु उपर हातपात र धर पकड गरिएको छ । सो को भर्त्सना गर्दै दोषी उपर कारवाई होस्र उक्त बिज्ञप्ति मै कोरोनाको कारणले विश्वका बिभिन्न मुलुकमा अलपत्र तथा बिपतमा रहेका नेपालीहरुको यथाशीघ्र उद्दार गर्न समेत माग गरेको छ ।
अध्यक्ष समीर महर्जन र महासचिव मनु लोहोरुंगद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा प्राण घातक कोरोनाको कहर सम्पूर्ण विश्वले खेपी रहेको सन्दर्भमा र बिशेष गरी अती प्रभावित क्षेत्र न्युयोर्क र अमेरिकाबाट यस्तो अवस्थामा राजनीतिक छलफल वा कुनै टिका टिप्पणी गर्ने मनशाय नहुँदा नहुँदै पनि उत्पन्न परिस्थितिको कारण बिज्ञप्ति जारी गरिएको जनाईएको छ ।
यसैबीच जनता समाजवादी पार्टीका नेता पुर्व मन्त्री राजेन्द्र श्रेष्ठसँग हालै अमेरिका र क्यानाडाका नेपाली समाज सम्बद्द सम्पूर्ण पदाधिकारीहरुबीच भाइबरद्वारा कन्फरेन्स मिटिंग गरी पार्टी एकीकरण र भावी आउने परिणाम बारे छलफल गरिएको समाजका केन्द्रीय सदस्य केशब राम राईले बताएका छन् ।
उक्त कन्फरेन्स मिटिंगमा समाजका अध्यक्ष समीर महर्जन, डी एम भी पी अध्यक्ष मिलन राई, न्यु इंग्ल्याण्ड अध्यक्ष सुरेश चाम्लिङ्ग र क्यानाडा प्रतिनीधि चन्द्र ध्वज राईले समसामयिक बिषयमा प्रश्न राखेका थिए ।
Facebook Comment