नबिल बैंकले ल्यायो ‘ई-नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा
काठमाडौँ । नबिल बैंकले ‘ई–नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई–नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ।
ई–नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई–नबिल मार्फत हाम्रा ग्राहकवर्गले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्ने छन्।
साथै ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन्।
ई–नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल केशरी शाह, भन्छन्, “ई–नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो। यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन।”
निजि क्षेत्रको अग्रणी मध्येको बैंक नबिल बैंकका देशभर ११८ शाखाहरु र १७५ एटिएम काउण्टरहरु रहेका छन् ।
Facebook Comment