नम्बर १ बन्नको लागि यि खेलाडीले गराईन स्तन सर्जरी
![नम्बर १ बन्नको लागि यि खेलाडीले गराईन स्तन सर्जरी](https://www.dcnepal.com/wp-content/uploads/2020/04/01.jpg)
काठमाडौं । कुनै पनि खेलाडीको सपना उसको खेलमा नम्बर १ बन्नु हो। यसका लागि खेलाडीहरूले कडा मेहनत गर्छन् र धेरै पटक उनीहरूले सबैभन्दा धेरै मनपराएका कुराहरु त्याग गर्छन्। तर यस्ता केहि कमै उदाहरणहरू छन् जब एक महिला खेलाडीले आफ्नो खेल सुधार गर्न स्तन शल्यक्रिया गर्छिन। यति मात्र होइन उनले यसबाट फाइदा पनि पाईन र उनी विश्वको नम्बर एक खेलाडी मात्रै बनिनन उपाधि पनि जितिन जुन सबैको सपना हन्छ ।
रोमानियाको सिमोना हालेप वर्तमान विम्बलन्डन डिफेन्डिङ च्याम्पियन हुन्। सन २०१९ मा जब उनले यो उपाधि जितिन, उनी रोमानियाबाट यो उपाधि जित्ने पहिलो खेलाडी बनीन र उनी च्याम्पियन हुदा उनको स्वागतमा सम्पूर्ण बुखारेस्ट पुगेको थियो। यस वर्षको विम्बलन्डन कोरोनाभाइरसको कारण स्थगित गरिएको छ । यसकारण हालेप निराश छिन तर उनी आफैंलाई सान्त्वना दिदै भन्छिन एक पटक जितेर दुई बर्ष सम्म चैम्पियन भएको छु। हालेपले सन २०१८ को फ्रान्सेली ओपन पनि जितेकी छिन ।
सिमोना हालेप जुनियरमा पनी नम्बर १ रहेकी छिन र सिनियर स्तरमा पनी उनलाई प्रतिभाशाली खेलाडीको रुपमा चिनिन्छ। सुरुवातीमा एक दुई बर्ष उनले अपेक्षित प्रदर्शन गरिन।त्यसपछि उनको मुभमेन्ट ढिलो हुदै गयो, कारण स्तन थियो जसले गर्दा उनलाई असहज बनाईरहेको थियो। अन्त्यमा जे भए पनि १७ वर्षको कलिलो उमेरमा उनले एक कठोर निर्णय लिइन् जुन कुनै पनि महिलाका लागि सजिलो छैन । सन २००९ मा उनले आफ्नो स्तन घटाउन शल्यक्रिया गराईन। यो निर्णय उनको खेल जिवनको लागि महत्वपूर्ण मोड बनेको थियो। त्यस पछि उनले ठूला प्रतियोगिता मात्रै जितिनन विश्वकै नम्बर १ महिला टेनिस खेलाडीको रुपमा पनि स्थापित भइन्। नम्बर १ भएपछि, सिमोनाले एक अन्तर्वार्तामा भनेकी थिईन “यदि म खेलाडी नभए पनि मैले मेरो स्तनको शल्यक्रिया गराउने थिए। मैले नम्बर १ खेलाडी बन्न चुकाएको यो सबैभन्दा ठूलो मूल्य हो।”
Facebook Comment