कोरोनाभाइरसः चीनले अस्ट्रेलियालाई किन धम्की दियो ?
काठमाडौं। चीनले अस्ट्रेलियालाई कोरोनाभाइरस महामारीको उत्तपत्तिबारे जाँचको माग अझै उठाइरहेमा ठूलो नोक्सानी ब्यहोर्नुपर्ने चेतावनी दिएको छ । अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेंग जिंगायेले यही कारण चीनका नागरिकले अस्ट्रेलियाका सामान बहिस्कार गर्न सक्ने र यहाँसम्म कि अस्ट्रेलिया यात्रा पनि बन्द गर्न सक्न्े बताएका छन् । अमेरिकापछि अस्ट्रेलियाले पनि चीनको वुहानबाट कोरोनाभाइरस फैलिनुको कारणबारे स्वतन्त्र जाँच हुनुपर्ने माग गरेको थियो । यसैको जवाफमा चिनियाँ राजदूत जिंगायेले यस्तो माग गर्नु खतरनाक हुन सक्ने बताएका हुन् ।
अस्ट्रेलियाको फाइनान्सियल रिभ्यूलाई दिएको एक अन्तरवार्तामा जिंगायेले भने ‘अस्ट्रेलियाले जे गरिरहेको छ त्यसबाट चीनका जनता निराश भएका छन् । यदि हालत अझै खराब हुँदै गयो भने चिनियाँहरुले सोच्नेछन् कि हामी यस्तो देश किन जाने जसको चीनप्रतिको व्यवहार मित्रवत छेन । चिनियाँ पर्यटक अस्ट्रेलिया आउनुभन्दा पहिले २ पटक सोच्नेछन् ।’ जिंगायेले अस्ट्रेलियाका विश्वविद्यालयमा पढ्न चिनियाँ विद्यार्थी आउन बन्द गर्न सक्ने समेत बताए । चिनियाँ विद्यार्थी अस्ट्रेलिया सरकारको राजश्वको अहम स्रोत हुन् ।
उनले भने ‘चिनियाँ अभिभावक सोच्नेछन् कि आफ्ना सन्तानलाई त्यस्तो ठाउँमा किन पठाउने जो दुश्मनी निभाइरहेको छ । उनीहरु विचार गर्नेछन् कि आफ्ना सन्तान पठाउनको लागि यो ठाउँ नै सबैभन्दा राम्रो हो ?’ चिनियाँ राजदूतको यो बयानसँगै चीन र अस्ट्रेलियाको सम्बन्ध झनै बिग्रिन सक्ने आशंका गरिएको छ । चेंगले अस्ट्रेलियामाथि अमेरिकाको बोली बोलेको आरोप समेत लगाएका छन् ।
Facebook Comment