काठमाडौं महानगर पालिकाले ७४ हजारलाई राहत बाड्यो

डिसी नेपाल
१६ वैशाख २०७७ १६:२४

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ७३ हजार ८ सय ६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २ सय ९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५ सय ६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २ सय ५४ को नामावली सङ्कलन गरेको थियो ।

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३ सय १४ जनालाई खाना खुवाइएको छ । महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ । महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ । प्रशासन प्रमुख ढकालकाअनुसार यो विवरण सोमबारसम्मको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *