स्वास्थ्य सामग्री सहयोग
जुम्ला । कोभिड–१९ को जोखिम हुन नदिन गैरसरकारी संस्था वर्ल्डभिजन, किर्डाक जुम्ला र कर्णाली दिगो विकास प्रतिष्ठान ९कास्डा० ले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
यहाँका पाँच स्थानीय तहलाई ती सस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । यहाँको चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकालाई सहयोग गरेको किर्डाक जिल्ला संयोजक रेशम शाहीले जानकारी दिए ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्तिमा स्वास्थ्यकर्मी नै छन् । कास्डाका जिल्ला संयोजक भेषबहादुर रावलले भने, “उनीहरुलाई सुरक्षित होस् भनेर पाँच स्थानीय तहलाई एक–एक थान थर्मलगनसहित छ–छ थान पिपिइ सेट सहयोग गरिएको हो ।”
स्वास्थ्य सामग्री ग्रहण गर्दै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले सङ्कटमा परेको बेलामा विकास साझेदार संस्थाले सुरक्षित स्वास्थ्य सामग्री सहयोग गरी हातेमालो गर्दा धन्यवाद व्यक्त गरे । उनले भने, “अहिले सबै एकजुट भएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नु पर्दछ र यसको पहिलो उपाय भनेको लकडाउन नै हो ।”
ती संस्थाले राहतका लागि स्थानीय तहलाई खाद्यान्न सहयोग गरिएको जनाएको छ । तिला गाउँपलिका ५० प्याक, गुठीचौर गाउँपालिका ३० प्याक र पातारासी गाउँपालिका ३० प्याक चामल सहयोग गरिएको हो । रासस
Facebook Comment