पछिल्लो २४ घण्टामा भारतमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै

डिसी नेपाल
१७ वैशाख २०७७ ७:१९

काठमाडौँ । छिमेकी मुलुक भारतमा अहिलेसम्मकै धेरै मानिसको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा भारतमा ६९ जना संक्रमितको ज्यान गएको वल्र्डमिटर्सले जनाएको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या यो सबैभन्दा धेरै हो ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १००८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ९०९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ३६० पुगेको छ ।

संक्रमित मध्ये ७ हजार ७ सय ४७ जना उपचार पछि घर फर्किसकेका छन् ।

भारतमा मंगलबारसम्म ७ लाख १६ हजार ७३३क कोरोना परीक्षण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *