कोरोनाबाट न्यूयोर्क सबैभन्दा बढी प्रभावित, रोजगारी गुमाउनेमा लस वेगस बन्यो हटस्पट
लस वेगस। अमेरिका कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित देश मध्ये एक हो। अमेरिकामा कोरोना संक्रमितको संख्या दश लाख भन्दा बढी छ। साथै अमेरिकाको अर्थ व्यवस्था नराम्रोसँग प्रभावित बनेको छ। अमेरिकाको न्युयोर्क जसरी कोरोना संक्रमणको हटस्पट बनेको छ, त्यसैगरी लस वेगास सहर रोजगारी गुमाउनेहरुको हटस्पट बनेको छ।
लस वेगसस्थित इकोनमक रिसर्च फर्म एप्लाइड एनालाइसिसका अनुसार लस वेगसमा वर्तमान अवस्थामा बेरोजगारी दर २५ प्रतिशत भन्दा धेरै छ। यहाँ २००८ को आर्थिक मन्दी भन्दा अहिलेको बेरोजगारी दर झण्डै दोब्बर हो। संटक सुरु भएपछि मात्रै नेवादा राज्यमा ३.५० लाख मानिसले रोजगारी गुमाएका छन् र उनीरुले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन्।
ह्वाइट हाउसका सल्लाहकार केविड हसेटका अनुसार कोरोनाका कारण अमेरिकामा बेरोजगार दर बढेर २६ प्रतिशत पुगेको छ। यसलाई राष्ट्रिय औसतका रुपमा हेर्ने हो भने लस वेगसमा रोजगारी गुमाउनेको संख्या ९ प्रतिशत धेरै हो। यसको मुख्य कारण शहरको अर्थ व्यवस्था हो।
लस वेगस अमेरिकाको यस्तो सहरको रुपमा परिचित छ जहाँ मानिसहरु मोज मस्ती गर छुट्टी मनाउन जानेगर्छन्। यहाँ क्यासिनोदेखि लिएर पब, होटल र रेस्तुरेण्ट उल्लेख्य मात्रामा छन्। लस वेगस सहरको एक तिहाइ अर्थव्यवस्था मनोरञ्जन र हस्पिटालिटी उद्योगसँग जोडिएको छ।
नेवादा राज्य जहाँ लस वेगसमा छ, उक्त राज्य अमेरिकाको तीव्र रुपमा बढिरहेको अर्थव्यवस्थामध्ये एक हो। महामारीपछि पूरै रात मनोरञ्जनमा डुविरहने यो सहर अहिले सुनसान छ। हजारौं वेटर बेरोजगार भएका छन्।
मेयर करोलिनमाथि सहरलाई फेरि सुचारु गर्नुपर्ने दबाव परेको छ। किनभने सहरको पूरा अर्थव्यवस्था टुरिज्म र हस्पिटालिटीमा निर्भर छ। यद्यपी गर्भनर स्टीभ सिसोकलले अहिले नै सरह खोल्ने अवस्था नरहेको बताएका छन्।
ह्वाइट हाउसका सल्लाहकार कोविन हसेटका अनुसार कोरोना संकटका कारण अमेरिकामा बेरोजगारी दर बढेर १६ प्रतिशत पुगेको छ। केविनले भने, ‘यो हाम्रो अर्थतन्त्रका लागि निकै ठूलो झड्का हो। १९३० को मन्दीपछि यो हाम्रा लागि सबैभन्दा मुस्किल अवस्था हो।’
अमेरिकी श्रम विभागका अनुसार अहिलेसम्म ३ करोड भन्दा धेरैले बेरोजार भत्ताका लागि आवेदन दिएका छन्। यो महामारी भन्दा पहिला अमेरिकमा बेरोजगार दर ३.५ प्रतिशत थियो। तर महामारीपछि बेरोजगारी समस्या बढिरहेकोछ।
न्यूयाेर्क टाइम्सबाट
Facebook Comment