बढी मूल्य लिएको आरोपमा भाटभटेनीलाई तीन लाख जरिवाना

डिसी नेपाल
१७ वैशाख २०७७ १४:५५

काठमाडौं। लकडाउनको समयमा अधिकतम बिक्री मूल्य (एमआरपी)भन्दा बढी मूल्य लिएर सामान बिक्री गरेको आरोपमा सरकारले भाटभटेनी सुपरस्टोरलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भाटभटेनी सुपरमार्केटको मुख्य बजार टंगालको अनुगमन गरेको थियो। अनुगमनमा कम्पनीले उपभोग्य सामानमा तोकिएको एमआरपीभन्दा बढी मूल्य लिइ बिक्री गरेको पाइएपछि जरिवाना गरेको हो।

लकडाउनको अवधिमा अन्य बजारहरू सीमित समय खुला गर्न दिइए पनि भाटभटेनीलाइ भने दिनभर खोल्न दिइएको छ। कम्पनीले बढि मूल्यमा सामान बिक्री गर्ने गरेको आएको गुनासोपछि सोमबार विभागले अनुगमन गरेको हो।

भाटभटेनीले विदेशबाट आयातीत सामानमा आफ्नै नयाँ मूल्य सूची बनाइ स्टिकर टाँसेर बढी मूल्य लिने गरेको उपभोक्ताले गुनासो गर्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *