एभरेष्ट बैंकद्वारा ६ लाख प्रदान
काठमाडौं । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले ६ लाख प्रदान गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।
प्रतिक्रिया
Facebook Comment