बिना निष्कर्ष सकियो नेकपाको सचिवालय बैठक
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा)को बुधबार बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाको अर्को बैठक बैशाख २० गते पुनः बस्नेगरी सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारवाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको र सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राखे । सरकारले पछिल्लो समयमा ल्याएको अध्यादेशको विवादपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।
प्रतिक्रिया
Facebook Comment