बेलायतमा एकै दिन ४,२४० को मृत्यु
काठमाडौँ । कोरोना (कोभिड १९) को केन्द्रबिन्दू बनेको बेलायतमा एकै दिन ४ हजार २४० जनाको ज्यान गएको छ। पछिल्लाे २४ घण्टामा बेलायतमा ७६५ जनाको ज्यान गएको विल्र्डमिटर्सले जनाएको छ।
अप्रिल २८ तारिखका दिन बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुनेको संशोधित आँकडा प्रस्तुत गरेको छ ।
संशोधित आँकडा अनुसार बेलायतमा मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । यसअघि बेलायतले सोही दिन ५८६ जनाको ज्यान गएको तथ्याङ्क प्रस्तुत गरेको थियो ।
पछिल्लो तथ्याँकअनुसार बढी मृत्यु हुने मुलुकहरुमध्ये बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ।
कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्याँक छ।
कोरोनाबाट विश्वभर हालसम्म झन्डै २ लाख २० हजार बढी मानिसहरुको ज्यान गइसकेको छ।
प्रतिक्रिया
Facebook Comment