स्पेन, फ्रान्स र युकेमा झन् बढ्यो कोरोनाको संक्रमण र मृत्युदर
काठमडाौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको केन्द्रबिन्दू बनेका यी तीन देशमा पुनः कोरोनाको संक्रमण र मृत्युदर बढेको छ।
पछिल्लो २४ घण्टामा स्पेनमा ४५३, फ्रान्स ४२७, यूकेमा ७६५ संक्रमितको ज्यान गएको छ। अघिल्लो दिन स्पेनमा ३८२, फ्रान्समा ३६७ र बेलायतमा ५८६ जनाको ज्यान गएको थियो ।
यो सँगै २ लाख ३६ हजार ८९९ जना संक्रमित रहेको स्पेनमा ज्यान गुमाउनेको संख्या २४ हजार २७५ पुगेको छ ।
यस्तै फ्रान्समा हालसम्म १ लाख ६६ हजार ४२० जना कोरोना संक्रमित छन् । जसमध्ये २४ हजार ८७ संक्रमितको ज्यान गइसकेको छ ।
पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेको संख्या संसोधन गरेको बेलायतमा हालसम्म ज्यान गुमाउनेको संख्या २६ हजार ९७ पुगेको छ। बेलायतले २८ अप्रिलका दिन ४ हजार २४० जना मृतकको संख्या थपेको थियो । यो सँगै बेलायत कोरोनाबाट धेरैको ज्यान जाने देशमध्ये तेस्रो स्थानमा पुगेको छ ।
कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ६५६ र इटलीमा २७ हजार ६८२ को ज्यान गएको छ ।
Facebook Comment