दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत, चीनले जवाफी आक्रमण गर्यो
काठमाडौं। दक्षिणी चीन सागरमा अमेरिका र चीनबीच तनाव बढेको छ । चीनको सेना पिपुल्स लिबरेशन आर्मीले दक्षिणी चीन सागरमा अमेरिकी युद्धपोतले घुसपैठ गरेको र चीनको सेनाले जवाफी आक्रमण गरेर युद्धपोतलाई भगाएको दावी गरेको छ । चीनले मंगलबार आफ्ना लडाकू विमान पठाएर आफ्नो नियन्त्रणमा रहेको दक्षिणी चीन सागरबाट अमेरिकी युद्धपोत भगाएको बताएको छ ।
चीनको सेनाले अमेरिका गाइडेड मिसाइल डिस्ट्रोयर बेरीले उक्साउने खालको हर्कत गरेको र चीनको सम्प्रभुताको उल्लंघन गरेको आरोप लगाएको छ । चीनको पिपुल्स लिबरेशन आर्मीका अनुसार अमेरिकी युद्धपोतको घुसपैठपछि उसलाई ट्रयाक, मनिटर, भेरीफाइ र आइडेन्टिफाइ गरेर भगाइएको हो । चिनियाँ सेनाका अनुसार यो पूरै कारवाही पारासेल आइल्याण्डनजिकै भएको हो । पीएलएका अनुसार यो वारशिप बिना इजाजत इलाकामा प्रवेश गरेको थियो ।
पीएलएको दक्षिणी कमानका प्रवक्ताले अमेरिकी सेनालाई क्षेत्रीय शान्ति र सुरक्षा अस्थिर गर्नुभन्दा अमेरिकाले आफ्नो देशमा कोरोनाभाइरसको रोकथामको उपायमा ध्यान दिन भनेका छन् । अमेरिकाको तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
Facebook Comment