कोरोना उपचारमा रेमडेसिभिरको प्रभावकारी नतिजा, प्रयोगको घोषणा गर्ने एफडिएको तयारी

डिसी नेपाल
१८ वैशाख २०७७ १४:४६

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरले सकारात्मक नतिजा दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउसीले यो औषधिको सकारात्मक नतिजा आएको बताएका छन् । फाउसीले यो औषधीले जारी मृत्युदर रोक्न सक्ने आशा व्यक्त गरेका छन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले छिटै यो औषधि प्रयोगको घोषणा गर्ने तयारी गरेको न्यूयोर्क टाइम्सले लेखेको छ

यसअघि ट्रम्पले हाइड्रोक्सिक्लोरोक्विनलाई प्रभावकारी बताएका थिए । त्यतिबेला डा. फाउसीले यसलाई खारेज गरेका थिए । अहिले भने फाउसीले पनि आशा व्यक्त गरेपछि यो औषधि वास्तवमै प्रभावकारी भएको मानिएको छ । फाउसीले भने ‘यो औषधीको प्रयोगले बिरामीहरुको रिकभरी रेट बढाउन सहयोग प्राप्त हुन्छ ।’ यद्यपि नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले औषधिको परीक्षणका परिणामको गहन समीक्षा गरिरहेको छ ।

फाउसीले अगाडि भने ‘परीक्षणमा रेमडेसिभिरले रिकभरी समयलाई एक तिहाइसम्म घटाएको पाइएको छ । अर्थात १५ दिनमा ठिक हुने बिरामी ५ दिनमा ठिक हुन सक्छन् । अहिले यो अध्ययनमा ३१ प्रतिशत सुधार हुने आशा छ । तैपनि यो महत्वपूर्ण हो किनकि यो प्रमाणित भइसकेको छ कि यो औषधीले भाइरसलाई रोक्न सक्छ ।’ ट्रम्पले पनि यसलाई राम्रो संकेत बताउँदै भने ‘निश्चित रुपले यो एउटा ठूलो सकारात्मक घटना हो ।’

अमेरिकी बायोफर्मास्युटिकल कम्पनी गिलियड साइन्सेजले इबोला महामारीको क्रममा रेमडेसिभिर बनाएको थियो । यद्यपि अफ्रिकामा यसको क्लिनिकल ट्रायलको क्रममा निराशा हात लागेको थियो । खास कुरा यो हो कि रेमडेसिभिरलाई कहिल्यै पनि कुनै रोगको उपचारको लागि आधिकारिकता दिइएको छैन । गिलियडका अनुसार रेमडेसिभिर अहिलेसम्म विश्वमा कहीँ पनि अप्रुभ्ड छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *