पोखरामा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेकालाई मुस्ताङको साग निःशुल्क
पोखरा । मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक बिहीबार पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गरेका छन् ।
बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उनले आप्mनो निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गरेका छन् । उनले मुस्ताङबाट प्रतिकिलो ३० का दरले साग खरिद बताए।
पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उनले भने, “उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिनु भएको हो ।” हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।
कास्की– नेपाल पत्रकार महासङ्घ कास्की शाखाले फोटो पत्रकारका लागि प्रेस ज्याकेट वितरण गरेको छ । महासङ्घका जिल्ला सभापति दीपेन्द्र श्रेष्ठले बिहीबार फोटो पत्रकारका लागि महासङ्घको लोगो अङ्कित २० थान ज्याकेट फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गरे । सो ज्याकेटका लागि गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङले आर्थिक सहयोग उपलव्ध गराउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरणका लागि जारी लकडाउनका अवधिमा समेत सक्रिय फिल्ड पत्रकारितामा क्रियाशील पत्रकारको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासङ्घले जनाएको छ । यसअघि पहिलो चरणमा क्रियाशील १ सय जना पत्रकारलाई ज्याकेटलगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
त्यसैगरी लकडाउनका कारण प्रभावित १७ पत्रकारलाई महासङ्घले यसअघि राहत सामग्री उपलव्ध गराएको थियो । महासङ्घ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार सङ्कलनमा गर्ने पत्रकारका लागि पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरिएको जनाएको छ ।
Facebook Comment