करिब ३ हजार विपन्न मानिसलाई राहत

डिसी नेपाल
१८ वैशाख २०७७ १९:५७

काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ ले करिब ३ हजार विपन्न मानिसलाई राहत प्रदान गरेको छ । वडाभित्र बसोबास गरी जीविकोपार्जनमा कठिनाई भएका नागरिकको लगत सङ्कलन गरी उक्त वडा कार्यालयले चामल, चिउरा, दाल, नून र तेल वितरण गरेको छ ।

वितरण प्रणाली पारदर्शी बनाउन सम्बन्धित घरधनीको घर नं, नागरिकता नं, सम्पर्क नं, सिफारिसका साथै राहत लिनेको नागरिकता नं अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ । वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको छ । वडाभन्दा बाहिरका साधु, सन्त, शारीरिक अशक्तता भएका नागरिक, मिर्गौैला, कलेजो, अर्बुद रोगजस्ता दीर्घकालीन रोग भएका बिरामीको कागजात प्रमाणित गरी राहत सामग्री बाँडिएको वडा सदस्य रामबाबु कोइरालाले जानकारी दिए ।

वडाले प्रत्येक पटक प्रदान गरेको राहत वितरण कार्यक्रममा सामाजिक दूरी कायम गर्ने, गराउने, अन्य सहयोगको सहज व्यवस्थापनको प्रबन्ध गरेको छ । वितरण प्रणालीलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रदान गर्न सेना र प्रहरीको व्यवस्थापन गरिएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए । उनका अनुसार राहत वितरण गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका मानिसलाई विशेष प्राथमिकतामा राखेर मानवताका आधारमा महत्व दिइएको छ । राहत वितरणका लागि अहिलेसम्म करिब छ लाख खर्च गरेको वडाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *