उपत्यकाभित्र लकडाउन विस्तारै खुकुलो पार्न सुझाव

डिसी नेपाल
१८ वैशाख २०७७ २०:००

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।

मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको असर परेको उल्लेख गर्दे बिहीबार उक्त सुझाव दिएको हो । “अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएका ठाउँमा खुकुलो बनाउनु पर्छ, यसले आर्थिक चलयामान हुन्छ”, सुझाव पत्रका भनिएको छ, “अहिले काठमाडौँमा भएको मान्छेलाई बाहिर जान दिनु हुँदैन र बाहिरका मान्छेलाई पनि काठमाडौँ आउन दिनुभएन, यहाँ उद्योग खुल्यो भने मजदुरले यही रोजगारी पाउँछन् ।”

मुख्यसचिव रेग्मीले सुझावलाई अध्ययन गरेर व्यावहारिक सुझावलाई आफूले सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिनुभयो । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको प्रभावका कारण अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गर्न विषयगत सुझाव मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *