बम बिष्फोटमा परी मृत्यु हुने चार बालबालिकाको सनाखत
![बम बिष्फोटमा परी मृत्यु हुने चार बालबालिकाको सनाखत](https://www.dcnepal.com/wp-content/uploads/2020/04/95495552_714118742460904_4876938079027331072_n.jpg)
रोल्पा । त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा विहीबार भएको बेवारिसे बम विस्फोटनमा परी मृत्यु हुने चार बालबालिकाले सनाखत भएको छ। गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो ।
मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताए । घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।
Facebook Comment