बिदेशमा बस्ने बाग्लुङबासीबाट बाग्लुङ अस्पताललाई १० लाखको सामाग्री

काठमाडौं । कोरोना संक्रमित देखिएको नेपालको पहिलो जिल्लाबाट बाग्लुङ हो भने निको भएर घर फर्कने कोरोनाका विरामी पनि बाग्लुङकै हुन् । यस जिल्लामा अन्य संक्रमित पनि देखिएपछि जिल्लामा रहेको धौलागिरी उपप्रादेशिक अस्पतालमा पिपिईको अभाव रहेको समाचारमा आइरहेको थियो । यो समाचार थाहा पाएपछि बाग्लुङ जिल्लाबाट बिदेशमा रहेका बाग्लुङबासीहरूले पिपिई खरिदका लागि अस्पताल व्यवस्थापनसगँ सम्पर्क गरी कुल १० लाख ३१ हजार बराबरको पिपिई लगायत अन्य सामाग्रीका किनेर पठाएका छन् । यसका लागि विभिन्न देशमा गठन भएका बाग्लुङ समाज र गठन नभएका देशमा व्यक्तिगत तवरले रकम संकलन गरी सामान किनेर विहिबार एक कार्यक्रमका बीच हस्तन्तरण गरिएको छ ।

यसरी संकलित रकम स्पेनमा रहँदै आउनु भएका गोबिन्द सुबेदीले अस्पताल व्यवस्थापनले सामान खरिद गरेपछि रकम बुझाइदिनु भएको हो । हस्तन्तरण कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले सम्पुर्ण सहयोगीहरूलाई धन्यबाद व्यक्त गर्नु भयो ।
प्रतिक्रिया
Facebook Comment