अमेरिकाले २० वर्षसम्म युद्धमा धकेलेको देशले कोरोनालाई जित्यो, अमेरिका आफैं छटपटाउँदै

डिसी नेपाल
१९ वैशाख २०७७ ९:२२

काठमाडौं। कोरोनाभाइरका कारण विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको हालत निकै नाजुक भएको छ । तर, जुन देशलाई अमेरिकाले २० वर्षसम्म युद्धमा धकेल्यो र जुन देशमा लाखौं टन बारुद खसाएर क्षत विक्षत बनायो, त्यो देशले भने कोरोनालाई जितेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाभन्दा ३० गुणा सानो देशले अहिले कोरोनाभाइरसलाई नियन्त्रित गरेको छ । कूल जनसंख्या ९ हरोड ६० लाख भएको यो एसियाली देश हरेक पक्षमा कमेरिकाभन्दा कमजोर मानिन्छ तर उसले कोरोनाभाइरसमाथि भने जीत हासिल गरेको छ ।

जनवरी महिनाको अन्त्यमै भियतनाममा २ जना संक्रमित भेटिएका थिए । तत्कालै भियतनाम सरकारले औषधी निर्माताहरुसँग समन्वय गर्यो । भियतनाममा मेडिकल सामग्री बनाउने कम्पनी भियत ए कर्पका अनुसार उसलाई सरकारले छिटोभन्दा छिटो जाँच किट उपलब्ध गराउन भनेको थियो । कम्पनीले द्रुत गतिमा काम गर्न सुरु गर्यो । कम्पनकिा कारखानाले दिनरात काम गरिरहे ।

भियतनामको सीमा चीनसँग जोडिएको छ । चीन भियतनामको तुलनामा धेरै सम्पन्न देश हो । तर, भियतनाममा जनवरीदेखि अहिलेसम्म मात्रै २७० केस भेटिएका छन् । अहिलेसम्म भियतनाममा कसैको पनि कोरोनाभाइरसका कारण मृत्यु भएको छैन । भियतनामले निकै तीव्र गतिमा पूरै देशमा जाँच गर्न सुरु गर्यो ।

त्यसपछि जहाँ पनि कोरोनाको केस भेटियो त्यो ठाउँलाई पूर्ण रुपमा क्वारेन्टाइन गरियो । साथमा टोटल लकडाउन गरियो । भियतनामले यति छिटो यसकारण कोरोनाभाइरसमाथि नियन्त्रण गर्यो किनकि उसले जाँचको फैसला निकै चाँडै लियो । क्वारेन्टाइन गर्यो, यात्राहरु रोकिदियो । २६ अप्रिलसम्म भियतनामले २ लाख १३ हजारभन्दा धेरै टेस्ट गरिसकेको छ । अहिले यहाँको जीवन सामान्य भइसकेको छ ।

अर्कोतर्फ अमेरिकाले क्वारेन्टाइन, लकडाउन र टेस्ट गर्ने निर्णय गर्न ढिलाइ गर्यो । यही कारण अमेरिका कोरोनाभाइरसका कारण ग्रस्त छ । यहाँ १० लाख ९५ हजारभन्दा त्रेरै संक्रमित भइसकेका छन् । ६३ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । भियतनामको यो सफलताको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि प्रशंशा गरेको छ ।

जनवरीमा भियतनामा प्रतिदिन १०० जाँच हुन्थ्यो । तर, भियतनामले जाँचको संख्या द्रुत गतिमा बढायो । अप्रिल महिना सुरु हुँदासम्म यहाँ प्रतिदिन १ हजार जाँच हुन थालेको थियो । भियतनामले हरेक कन्फर्म केस बराबर ७९१ टेस्ट गरेको छ । यो विश्वमै सबैभन्दा बढी हो । भियतनामका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि किदोंग पार्कका अनुसार भियतनाम सरकारले बताएको तथ्यांक पूर्ण रुपमा सत्य हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *