थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो
काठमाडौं। नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहीका हुन्।
रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। ती मध्ये १६ जना उपचारपछि ठिक भइसकेका छन्।
पालमा अहिले २३,००० जनाभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा छन्। अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,००० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।
सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं एक र त्यसपछि प्रदेश नं २ मा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८० जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।
Facebook Comment