कोरोनाभाइरसः चीनलाई सजाय दिने अमेरिकाको तयारी, यस्तो छ ट्रम्प प्रशासनको योजना

डिसी नेपाल
१९ वैशाख २०७७ १४:५१

काठमाडौं। अमेरिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको लागि चीनलाई जिम्मेवार भनिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पनि पक्षपातको आरोप लगाइरहेका छन् । ट्रम्पले यो भाइरस वुहानस्थित ल्याबबाट आएको दावी गरिरहेका छन् । यही बीच अमेरिकाले चीनलाई ठूलो झट्का दिने तयारी गरेको छ ।

ट्रम्प प्रशासनका सूत्रको हवाला दिँदै सीएनएनले प्रकाशित गरेको रिपोर्ट अनुसार अमेरिका कोरोना महामारीको लागि कैयौं मोर्चामा चीनलाई दण्डित गर्नको लागि दीर्घकालीन योजना तयार गरिरहेको छ । यो योजनामा कैयौं कठोर कदम उठाउने विषयमा विचार भइरहेको छ । ट्रम्प प्रशासन सूत्रका अनुसार अमेरिकाको तर्फबाट चीनमाथि विभिन्न प्रतिबन्ध सहित अन्य कदम उठाइन सक्छन् । यसमा अमेरिकी ऋण दायित्व रद्द गर्ने र नयाँ व्यापार नीतिहरु तयार गर्ने लगायतका उपाय छन् । यी सबका अलावा चीनका मामिलामा जहाँ जहाँ अमेरिकी भूमिका छ ती सबै ठाउँमा अमेरिका विचार गरिरहेको छ ।

रिपोर्टका अनुसार प्रशासनका एक अधिकारीले नाम उल्लेख नगर्ने गरी भने – हामीले अर्थव्यवस्था फेरि सुधार्नु छ । हामी यसबारेमा सावधान रहनुपर्छ कि हामी यो सब कसरी गर्छौं । तर हामी चीनलाई यो पाठ पढाउने तरिका खोज्नेछौं कि उनीहरुको कार्य पूर्ण रुपमा निन्दनीय छ । यद्यपि यो कहिले र कसरी हुन्छ भन्ने बताइएको छैन ।

अर्कोतर्फ खुफिया विभागमाथि पनि प्रशासनको तर्फबाट भारी दबाब छ । प्रशासनले खुफिया विभागलाई कोरोनाभाइरस चीनको वुहान प्रयोगशालाबाट निस्किएको हो वा यस्तो वास्तविकता के हो भन्ने खोज्न जिम्मेवारी दिएको छ । यसको वास्तविकता छिटो भन्दा छिटो खुलासा गनृको लागि प्रशासनका अधिकारीले लगातार दबाब दिइरहेका छन् । खुफिया विभागले पनि संसाधनको वृद्धि गरिरहेको बताउँदै हर हालमा यो कुराको खुलासा गर्ने बताएको छ ।

उता राष्ट्रपति ट्रम्पले यो मुद्दालाई निर्वाचनसँग जोडेका छन् । बिहीबार ट्रम्पले चीन आफूलाई राष्ट्रपतिको रुपमा देख्न नचाहेको किनकि आफूले गरेको व्यापार सम्झौताबाट अमेरिकाले धेरै लाभ पाइरहेको बताए । उनले राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिस्पर्धी जो बिडेनलाई निशाना बनाउँदै चीनले राष्ट्रपतिको रुपमा ‘स्लीपी जो बिडेन’लाई देख्न चाहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *