सचिवालय बैठकको पूर्वसन्ध्या र दाहाल-नेपाल भेट
काठमाडौं । वैशाख २० (शनिबार) बस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठकको पूर्व सन्ध्यामा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच नेपाल निवास काेटेश्वरमा भएकाे भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरिरहेका यी दुवै नेता मध्ये माधवकुमार नेपाललाई बुधबार बसेको सचिवालय वैठकमा ओलीले तेस्रो अध्यक्षको लागि प्रस्ताव गरेका थिए । तर, माधवकुमार नेपालले आफूलाई तेस्रो अध्यक्ष हुन मन नभएको संचारमाध्याममा बोल्दै आएका छन् ।
वामदेव गौतमलाई प्रधानमन्त्री तथा नेपाललाई तेस्रो अध्यक्षमा प्रस्ताव गरेपछि प्रचण्ड एक्लो भएको विश्लेषण पनि नगरिएको भने हैन। प्रचण्ड एक्लिएका छन् भन्ने संचारमाध्यामको मसी सुक्न नपाउँदै नेपाल र प्रचण्डको भेट र सचिवालय वैठकको पूर्व संन्ध्या निकै महत्वपूर्ण मानिएको छ ।
प्रचण्ड र नेपालबीच के सहमति हुन्छ र बामदेव गौतमलाई दिइएको प्रधानमन्त्रीको ललिपपले कतिसम्म काम गर्छ शनिबार बस्ने भनिएको सचिवालय वैठकले निक्र्यौल गर्ने छ ।
Facebook Comment