भारतमा दुई साता लम्बियो लकडाउन
नयाँ दिल्ली । भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए ।
प्रतिक्रिया
Facebook Comment