ताप्लेजुङको फुङ्लिङ बजारमा लागेको भीषण आगलागी नियन्त्रणमा

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ।
शुक्रबार साँझ फुङ्लिङ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारीको टोली, मेयर र स्थानीयवासी खटेका थिए।
प्रतिक्रिया
Facebook Comment