काेराेना महामारी : अमेरिकामा मात्रै ६५ हजार भन्दा बढीकाे मृत्यु, संक्रमितकाे संख्या ३४ लाख नाघ्याे

डिसी नेपाल
२० वैशाख २०७७ ७:३०

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३४ लाख २७८ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वका २१२ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९४ हजार ५५२ जना नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमित मध्ये १० लाख ८० हजार १०१ संक्रमित उपचारपछि घर फर्किएका छन् । र, ५१ हजार ३५५ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको वल्डोमिटर्सले जनाएको छ।

वल्डोमिटर्सका अनुसार, पछिल्लो २४ घण्टामा ५ हजार ६२४ कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४८ पुगेको छ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा यूरोप र अमेरिकामा देखिएको छ । कोरोनाको महामारीबाट यूरोपमा मात्रै १३ लाख ८८ हजार ६३ संक्रमित भएका छन् भने १ लाख ३७ हजार ४०९ संक्रमितको ज्यान गएको छ ।

यस्तै साउथ अमेरिकामा हालसम्म १ लाख ९० हजार ९९ कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ९ हजार ४८० जनाको ज्यान गएको छ।

पछिल्लो समय एशियामा पनि कोरोनाको प्रभाव बढ्दै गएको छ । एशियामा हालसम्म ५ लाख ३३ हजार ८४१ कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये १८ हजार ९६१ संक्रमितको ज्यान गएको छ ।

नर्थ अमेरिकामा सबैभन्दा धेरै मानिस कोरोना संक्रमित भएको छन् । नर्थ अमेरिकामा हालसम्म १२ लाख २४ हजार ९५५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ७१ हजार ७८० संक्रमितको ज्यान गएको छ ।

यस्तो छ २१२ देशमा कोरोना अपडेट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *