भारतमा १० हजार बढी संक्रमितको उपचार सफल

डिसी नेपाल
२० वैशाख २०७७ ८:०७

काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित १० हजार भन्दा बढी मानिसको उपचार सफल भएको छ । भारतमा आज (शनिबार) बिहानसम्म १० हजार ७ जना कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

९ लाख २ हजार ६५४ को कोरोना परीक्षण गरिएको भारतमा हालसम्म ३७ हजार २५७ जना कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ हजार ३९४ जना नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये १ हजार २२३ को ज्यान गएसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार भारतमा ६९ जना संक्रमितको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *