जम्मू-कश्मीर क्षेत्रमा भारत-पाकिस्तानबीच भिडन्त, २ भारतीय सैनिकको मृत्यु

डिसी नेपाल
२० वैशाख २०७७ ९:५५

काठमाडौँ । भारत पाकिस्तानको विवादित क्षेत्र जम्मू–कश्मीरको सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा २ भारतीय सैनिकको मृत्यु भएको छ।

दुई देशबीचको नियन्त्रण रेखा क्षेत्रमा भएको भिडन्तमा परी दुई भारतीय सैनिकको ज्यान गएको र अर्का एक सैनिक घाइते भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई देशको नियन्त्रण रेखामा पर्ने जम्मू–कश्मीरको रामपुर क्षेत्रमा पाकिस्तानले शुक्रबार एक्कासी आक्रमण गर्दा घाइते भएका सुरक्षाकर्मीको आज बिहान मृत्यु भएको भारतीय पक्षले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *