महिलाको सेक्स हर्मोनले पुरुषलाई कोरोनाभाइरसबाट बचाउने !
काठमाडौं। कोरोनाभाइरसको जारी महामारीमा विश्वभर एउटा खास कुरा देखिएको छ । कोरोनाभाइरसले तुलनात्मक रुपमा महिला भन्दा पुरुषहरु बढी मात्रामा प्रभावित भएका छन् । यो भाइरसबाट मृत्यु हुने महिलाको तुलनामा पुरुषको संख्या उच्च छ । यससँगै महिलाहरुलाई यो भाइरसबाट बचाउन महिलामा हुने सेक्स हर्मोनले कस्तो भूमिका हुन्छ भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार २ वटा क्लिनिकल ट्रायल सुरु भएका छन् जसमा पुरुषहरुलाई महिलाको शरीरमा हुने सेक्स हर्मोनको निश्चित डोज दिइएको छ । गत हप्ता न्यूयोर्कको लंग आइल्याण्डका डाक्टरहरुले कोभिड–१९ संक्रमित पुरुषहरुलाई महिलाको शरीरमा हुने सेक्स हर्मोन इस्ट्रोजेनबाट उपचार सुरु गरेका छन् । डाक्टरहरुले यसरी पुरुषहरुमा रोग प्रतिरोधी क्षमता विकास हुने अपेक्षा गरेका छन् । अर्कोतर्फ लस एन्जल्सका डाक्टरहरुले भने महिलामा पाइने अर्को सेक्स हर्मो प्रोजेस्टेरोनबाट उपचार सुरु गरेका छन् ।
Facebook Comment