कोरोनाभाइरसः ‘हर्ड इम्युनिटी’सम्म पुग्दा अमेरिकामा २० लाख मानिसले ज्यान गुमाउने
काठमाडौं। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका वैज्ञानिकले अमेरिका कोरोनाभाइरसविरुद्ध हर्ड इम्युनिटीको स्थितिसम्म पुग्दा यहाँ २० लाखभन्दा धेरैको मृत्यु हुने चेतावनी दिएका छन् । विश्वविद्यालयका पोलिटिकल साइन्टिस्ट डा. यास्चा मंकले न्यूयोर्कमा कोरोनाभाइरसको संक्रमण र मृत्युको तथ्यांकको आधारमा यो प्रषेपण गरेका हुन् ।
हर्ड इम्युनिटी त्यो स्थितिलाई भनिन्छ जब कूल जनसंख्याको ८० देखि ९५ प्रतिशत जनसंख्या भाइरसबाट इम्युन भइसकेका हुनेछन् । यसको असर यो हुन्छ कि भाइरसको प्रसार समुदायमा रोकिन्छ र बाँकी अन्य मानिसहरुलाई पनि संक्रमण हुँदैन । जोन अप्किन्स विश्वविद्यालयका एसोसिएट प्रोफेसर मंकको बयान यस्तो समयमा आएको थियो जब एक रिपोर्टमा खुलासा भएको थियो कि कोरोनाभाइरसबाट संक्रमित २५ प्रतिशत मानिसहरुमा कुनै लक्षण देखिइरहेको छैन । त्यसपछि अमेरिकामा ठूलो परिमाणमा मानिसहरु इम्युन हुन सक्ने र मृत्युदर पनि कम हुने चर्चा हुन लागेको थियो ।
मंकले यो पनि भनेका छन् कि यसअघि जे मानिएको थियो भाइरस त्योभन्दा कम खतरनाक छ र यो राम्रो खबर हो । तर, मंकले द एटलान्टिकमा एउटा लेख लेखेर तथा लगातार ट्वीट गर्दै अमेरिकामा हर्ड इम्युनिटीको स्थितिसम्म पुग्दा आउने खतराको बारेमा चेतावनी दिएका हुन् । मंकले भनेका छन् कि यदि मृत्युदर एक प्रतिशत मात्रै राखियो भने पनि अमेरिकामा हर्ड इम्युनिटी हासिल गर्दासम्म २० लाख मानिसहरुको मृत्यु हुनेछ ।
यही हप्ता न्यूयोर्क राज्यमा गरिएको एन्टिबडी टेस्टमा खुलासा भएको थियो कि यहाँको १४ प्रतिशत आवादी सम्भवतः कोरोनाभाइरसबाट संक्रमित भइसकेको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले मार्चमा भनेका थिए कि कोरोनाभाइरसबाट हर्ड इम्युनिटी हासिल गर्नु शायदै सम्भव हुनेछ किनकि यदि ठूलो स.ख्यामा मानिसहरु संक्रमित हुँदा पनि उनहिरुको संख्या हर्ड इम्युनिटीको लागि पर्याप्त हुने छैन ।
Facebook Comment