मृत्युकै हल्ला फैलिनेगरी किन गायब भइरहन्छन् किम ? यसअघि कहिले र किन हराएका थिए ?
काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उन करिब २० दिनसम्म गायब रहेपछि सार्वजनिक रुपमा देखिएका छन् । यसपटक उनी गायब भएपछि उनी गम्भीर बिरामी भएकोदेखि उनको मृत्यु नै भइसकेको समेत दावी गरिए । यद्यपि किम यसरी गायब भएको यो पहिलो पटक होइन । यसअघि पनि उनी गायब हुने गरेका छन् । एक पटक त उनी ४० दिनका लागि गायब भएका थिए । त्यतिबेला त कुनै महामारी पनि फैलिएको थिएन ।
४० दिनसम्म गायब भएपछि सार्वजनिक भएका किम फेरि सार्वजनिक रुपमा देखिँदा उनको हिँडाइमा केही परिवर्तन देखिएको थियो । पछि उनको एउटा खुट्टामा समस्या देखिएर उनी त्यसको अपरेशन गराउनको लागि डाक्टरको निगरानीमा रहेको खुलासा भएको थियो । अहिले भने उनी गायब हुनुको पछाडि कोरोनाभाइरस कारण भएको र उनी भाइरसबाट बच्न कतै लुकेको पनि बताइएको थियो तर यो तर्कमा त्यति तौल देखिएन ।
Facebook Comment