लाश सडेर दुर्गन्ध फैलिएपछि न्यूयोर्कको शवदाह गृहको लाइसेन्स रद्द

डिसी नेपाल
२० वैशाख २०७७ १६:०२

काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शवको समयमै अन्तिम संस्कार नगरी सडाएर राखेको आरोपमा अमेरिकाको न्यूयोर्कको एक शवदाहगृहको लाइसेन्स रद्द गरिएको छ । यो शवदाहगृहमा लाशहरुलाई रेफ्रिजेरेसन नगरी ट्रकहरुमा भरेर राखिएको थियो । शव सडेर दुर्गन्ध फैलिएपछि आसपास बस्ने स्थानीयले यसको उजुरी गरेका थिए ।

न्यूयोर्कको ब्रुकलिन फनेरल होममा शवलाई सड्न नदिने कुनै व्यवस्था नगरी यत्तिकै राखिएका कारण दुर्गन्ध फैलिएपछि फनेरल होमको लाइसेन्स रद्द भएको न्यूयोर्क पोस्टले लेखेको छ । ब्रुकलिनको एन्ड्रयु टी क्लेकले नामक शवदाहगृहमा दर्जनौं शव राखिएको ट्रक यत्तिकै छोडिएको छ । यी शवको लागि रेफ्रिजेरेटरको व्यवस्था पनि गरिएको छैन । हेल्थ कमिश्नर होवार्ड जुकरका अनुसार परीक्षणपछि स्वास्थ्य विभागले तत्काल लागू हुने गरी लाइसेन्स रद्द गरिदिएको हो । विभागले यो शवदाह गृहमा जसरी शव राखिएको छ त्यसलाई भयावह र पीडित परिवारको लागि अपमानजनक ठहर गर्दै यसलाई पूर्ण रुपमा अस्वीकार्य भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *