चीनको हुबे प्रान्तमा शुक्रबार थप कोरोना संक्रमण नभएको दाबी

डिसी नेपाल
२० वैशाख २०७७ १६:४६

वुहान । चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो ।

यसैलगत्तै विश्वको कैयौ देशमा फैलिएको यस कोरोना भाइरसको संक्रमण हाल विश्वका २१० भन्दा बढी देश देखिएको छ । यस भाइरसबाट विश्वभरी शनिबार अपराह्नसम्म ३४ लाख २ हजार २४० संक्रमित भएका छन। । यस भाइरसको संक्रमणको कारण विश्वभरी २ लाख ३९हजार ६२७ जनाको मृत्यु भइसकेको छ ।

यस भाइरसबाट संयुक्त राज्य अमेरिका सबै भन्दा बढी प्रभावित भएको छ । शुरुमा यस भाइरसको प्रकोप देखिएको चीनमा ८२ हजार ८७५ कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म चीनमा यस प्रकोपबाट ४ हजार ६३३ को मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *