मध्यमर्स्याङ्दी केन्द्रमा विद्युत् उत्पादन बढ्न थाल्यो

डिसी नेपाल
२० वैशाख २०७७ १६:५७

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित बेँसीशहर नगरपालिकाका–१ दलालमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन बढ्न थालेकोे छ । नदीमा पानीको बहाव कमी हुँदा यस केन्द्रमा अघि समयअघिसम्म मुस्किलले २५/३० मेगावाट विद्युत् उत्पादन भइरहे पनि पानी पर्याप्त हुन थालेपछि केहीदिनबाट ४५ देखि ५० मेगावाटसम्म विद्युत् उत्पादन हुन थालेको केन्द्र प्रमुख शिवकुमार शाहले बताए ।

उनले भने, “बेलाबेला वर्षा हुनाका साथैै हिउँ पग्लिएसँगै मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेपछि उत्पादन पनि बढ्न थालेको र केही हप्तापछि यसरी पानी नदीमा बढ्न थालेमा पूरै क्षमतामा बिजुली उत्पादन हुनेछ ।” यस कन्द्रमा ३५/३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । हिउँदको समयमा कुनैबेला २५ मेगावाट मात्रै पनि बिजुली उत्पादन हुने गरेको थियो । केन्द्र प्रमुख शाहले भने, “उत्पादन बढ्न थाले पनि लकडाउनका कारण बिजुलीको माग कम भएको छ ।” सन् २००० देखि निर्माण कार्य शुरु गरी सन् २००८ मा निर्माण कार्य सम्पन्न गरेसँगै आयोजनाले विद्युत् उत्पादन थालेको थियो ।

यस आयोजना कुल रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो । यस आयोजना जिल्लाकै ठूलो र पहिलो आयोजनासमेत हो । यस आयोजना निर्माण शुरु भएपछि जिल्लामा दर्जनाँै आयोजनाले निर्माण थालनी शुरु गर्दै आएको छ । त्यस्तै केही आयोजनाले निर्माण कार्य सम्पन्न गरी बिजुली उत्पादनसमेत गर्दै आएको छ ।

त्यस्तै अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका रहेको ५० मेगावाट क्षमता भएको माथिल्लो मर्स्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् उत्पादन बढ्न थालेको आयोजनाले जनाएको छ । केही समय अघिसम्म क्षमताभन्दा करिब आधामात्रै उत्पादन हुँदै आए पनि यतिबेला ५० मेगावाट बिजुली उत्पादन गर्न सकिने आयोजनाका कर्ण अधिकारीले बताए । उनले भने, “नदीमा पानीको सहत बढ्न थालेपछि उत्पादन पनि बढ्न थालेको छ तर बिजुलीको माग कम भएकाले २५ मेगावाट मात्र बिजुली उत्पादन गरेका छौंँ ।”

सन् २०१३ जनवरीदेखि आयोजनाको निर्माण कार्य थालनी गरी सन् २०१७ जनवारीदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गरेको थियो । यस आयोजना करिब रु १६ अर्बमा निर्माण सम्पन्न गरेको थियो । चिनियाँ बहुर्राष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपाल चितवन कोई समूह सगरमाथा हाइड्रोपावर कम्पनी को १० प्रतिशत लगानी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *